२४ मंसिर २०८२, बुधबार १५:५८
मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो ।
सहिद गेट र टुँडिखेलको शाही मञ्चमा बनेका शालिक उहाँले बनाउनुभएको हो । सहिद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै सहिद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक उहाँले बनाउनुभएको हो ।उहाँले सैनिक मञ्च टुँडिखेलमा रहेको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो । तुलाधर नेपाली मूर्तिकलाका प्रख्यात कलाकारका रूपमा चिनिनुहुन्छ ।
उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा मूर्ति बनाउनुभएको छ ।
प्रतिकृया दिनुहोस्