समाचार
एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ । केन्द्रीय पदाधिकारी तथा सदस्यमा गरी अहिलेसम्म १४ जना नेताले आकांक्षा देखाउनुभएको हो । हाल उपमहासचिव रहनुभएका पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी छ । उहाँले आफू महासचिवको उम्मेदवार रहने सार्वजनिक घोषणासँगै तयारी गरिसक्नुभएको छ […]
पूरा पढ्नुहोस्
एनपिएल : एलिमिनेटरमा काठमान्डु टस जितेर ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको लुम्बिनी लायन्स बलिङ गर्दैछ । आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा […]
पूरा पढ्नुहोस्
डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ। सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताउनु भयो।मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, […]
पूरा पढ्नुहोस्
च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी
बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्यो । बार्सिलोनालाई जिताउन दुवै गोल कुन्डेले गर्नु भयो । उहाँले ५०औँ र ५३औँ मिनेटमा गोल गर्नु भयो । यसअघि फ्याङ्कफर्टका अन्सगर नउफले २१औँ मिनेटमा सुरुवाती […]
पूरा पढ्नुहोस्
बालकृष्ण तुलाधरको निधन
मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो । सहिद गेट र टुँडिखेलको शाही मञ्चमा बनेका शालिक उहाँले बनाउनुभएको हो । सहिद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै सहिद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक उहाँले बनाउनुभएको हो ।उहाँले सैनिक […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई बुधबार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, […]
पूरा पढ्नुहोस्
पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बावासी भने पुस्तौंदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका हुन् । गुम्बामा झण्डै ६५ जनजातिको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य […]
पूरा पढ्नुहोस्
डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जारी गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरीदेखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ ।बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेङ्गु […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन र छिटो न्याय पाइयोस्
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वाभाविक […]
पूरा पढ्नुहोस्
भन्सार कार्यालय सञ्चालन
मङ्सिर २१ गतेबाट लागू भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर वर्तौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान […]
पूरा पढ्नुहोस्